कमला नदीमाथिको अधुरो पुल — विकासको पर्खाइमा मधेस!
गणतन्त्रको यात्रा शुरु भएको करिब दुई दशक बितिसक्दा पनि सिरहाको कमला नदीमाथिको पुल अझै अधुरो छ। वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका मधेसका नागरिकहरू विकास र समावेशीताको आशामा छन्।
आज जनमत पार्टीका केन्द्र प्रवक्ता डा. शरद सिंह यादवसँग विशेष भेटवार्ता गरियो। मधेसमा जनमत पार्टीकै सरकार रहेको बेला अब ढिलाइ हुनु हुँदैन भन्ने मान्यतासहित उहाँले स्पष्ट प्रतिवद्धता जनाउनुभयो — “कमला पुल अब बन्नै पर्छ, मेरो तहबाट सक्दो पहल गर्छु।”
उहाँले सम्पूर्ण मधेसी नेताहरू एकजुट भई कमला पुल निर्माणको पक्षमा सशक्त कदम चाल्नुपर्ने कुरामा जोड दिनुभयो।
अब काम गर्ने समय हो, प्रतीक्षाको अन्त्य गरौं।