Uncategorized

कांग्रेस सभापति देउवा नै भिजिट भिसा प्रकरणको छानविन गर्न चाहँदैनन् : प्रचण्ड

Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै भिजिट भिसा प्रकरणमा छानविन गर्न लचक नभएको आरोप लगाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भन्दै देउवाले छानविन समिति बनाउने प्रस्ताव नै स्वीकार नगरेकोउनले बताए ।



नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले शनिबार देउवासँग भेटवार्ता भएको जानकारी गराउँदै भिजिट भिसा प्रकरणमा सहमति जुटाउन नसकेको बताए ।

विपक्षी दलहरूको म्यान्डेड लिएर आफू देउवा निवास बुढानिलकण्ठ पुगेपनि भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका हुन् ।

भेटकाक्रममा कांग्रेस सभापति देउवाले संसद अवरोध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको र यसले कसैको भलो नगरेको बताएको प्रचण्डले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *