तरलता व्यवस्थापनका लागि बजारबाट २५ अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउन लागेको छ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो। जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।
आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३१ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।