लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी

लहान, सिरहा ।सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। उनको यो यात्रा एक महिनासम्म चल्नेछ। घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्। अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, […]

Continue Reading

नवराजपुर गाउँपालिकाले कानुन विपरीत सल्लाहकार राखेर रकम खर्चिदै

कुलान्नद यादव – सिरहा  – स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिंदै जाँदा आएको बजेटको पनि चरम दुरुपयोग भएको पाइएको छ । जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिएका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूकाे सेवा सुविधा सम्बन्धित कानुनमा […]

Continue Reading

सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते

सिरहा |सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच […]

Continue Reading

मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, अरब संसद् अध्‍यक्ष र रिजवान आलमबीच त्रिपक्षीय भेटवार्ता

भारत–गल्फ सम्बन्ध सुदृढ पार्न उच्चस्तरीय पहल काठमाडौं, साउन ४ — दुबईमा हालै सम्पन्न एक ऐतिहासिक त्रिपक्षीय बैठकमा भारतको मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम, र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। यो […]

Continue Reading

बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]

Continue Reading

पहलगाम आक्रमण गरेको ‘टीआरएफ’लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेपछि चीनको यस्तो प्रतिक्रिया

काठमाडौँ । अमेरिकाले ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ को सूचीमा राखेपछि चीनले आफ्नो प्रतिक्रिया दिएको छ। चीनले आफू सबै प्रकारको आतंकवादको विरुद्धमा रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन सबै प्रकारको आतंकवादको दृढतापूर्वक विरोध गर्दछ। हामी छिमेकी देशहरूलाई आतंकवादविरुद्ध सहकार्य बढाउन र संयुक्त रूपमा क्षेत्रीय सुरक्षा तथा स्थायित्व […]

Continue Reading

मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’  […]

Continue Reading

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको चेतावनी

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अन्तिम चेतावनी दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको […]

Continue Reading