मिथिलाञ्चलमा जितिया पर्व शुरू

सिरहा असोज ७ गते ।  – सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने मिथिला क्षेत्रकै पवित्र‘जितिया पर्व’नहा खा अर्थात नुहाएर खाने विधिसहित आजदेखि शुरू भएको छ । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु भोलि बिहान ४बजेदेखि दिनभरि र रातभरि तथा पर्सि बुधवार दिनभरि उपवास बस्ने तयारीमा छन् । पर्सि बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दैव्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहनदेवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफूपनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी, भोलि मङ्गलवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी पर्सि बुधवार बेलुकी सवा ५ बजे व्रत सम्पन्नगर्नेछन् । व्रतालुहरुले सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीलेसुन्ने चलन छ । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । राजा शालिवहानको राज्यमा एउटी महिलाकासातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखिशालिवहानलाई ‘जितुमाहन’नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

पढाइ जारी राख्नुहोस्

उल्लासमय सिरहाप्राण प्रतिष्ठाको अवसरमा आयोजित कार्यक्रमहरुको तयारी पुरा

बद्री नारायण यादव सिरहा। मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिरहाको विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमहरुको तयारी अन्तिम चरणमा पुगेका छन् ।सिरहा जिल्लाको लहान, धनगढि, लक्ष्मीपुर पतारी, महेशपुर, भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, सिरहा, सिकाज्योती, माडर, भलुवाही, विष्णुपुर, चोहर्वा, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दिपुर, कल्याणपुर लगायत विभिन्न ग्रामिण भेगमा प्राण प्रतिष्ठासँग जोडेर विविध […]

पढाइ जारी राख्नुहोस्

मदिरा र मासुजन्य पदार्थ नबेच्न आग्रह

सिरहा । सनातन हिन्दू परिषद् नेपालले भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटनका दिन माघ ८ गते सिराहा जिल्लाका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेकाे छ । सनातन हिन्दू परिषद् नेपाल, अध्यक्ष मनिष कुमार यादवकाे नेतृत्वकाे धर्मेन्द्र यादव, पंकज महतो, हितेन्द्र गोहिवर, केदार शाह, कृष्ण यादव समुहले सिरहाका प्रमुख जिल्ला अधिकारी राजिन्दर देव […]

पढाइ जारी राख्नुहोस्

घर–घरमा दिपप्रज्वलन गरेर दिपावली मनाउन: नगर प्रमुख श्रेष्ठकाे अनुराेध

सिरहा। सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले माघ ८ गते घर–घरमा दिपप्रज्वलन गरेर दिपावली मनाउन अनुरोध गरेका छन् । ५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् । गोलबजारमा रहेको राम मन्दिरमा दिपप्रज्वलन गरेर दिपावली जस्ता तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको […]

पढाइ जारी राख्नुहोस्

राम मन्दिर उद्घाटनको उल्लास सिरहामा

सिरहा,२० पुस । छिमेकी देश भारतको अयोध्यामा राम मन्दिर उद्घाटनले सिरहाबासीमा उल्लास छाएका छन् । जिल्ला सदरमुकाम सिरहाका बासिन्दाहरुलेहरुले सार्वजनिक तथा नीजि स्थानहरुमा जय श्री राम लेख्न लगाउनका साथै भगवान राम आकृतिको प्रतिमा चित्र बनाउन लगाएका हुन् । भारतको अयोध्यास्थित २२ जनवरीमा राम मन्दिर उद्घाटन गरिने भनी समयसिमा तय भएको विभिन्न माध्यमबाट जानकारी पाएपछि यहाँका […]

पढाइ जारी राख्नुहोस्