रास्वपाका सांसदहरूलाई लेटर हेड र कार्डमा ‘माननीय’ नलेख्न निर्देशन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लेटर हेड र कार्डमा माननीय लेख्न नपाउने भएका छन् । बुधबार बसेको संसदिय दलको अनौपचारिक बैठकले सांसदहरूलाई लेटर हेड,कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र माननीय सम्बोधन नगर्न निर्देशन दिएको हो । ‘धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र […]

Continue Reading

राहदानी घरघरमै वितरण १४ जिल्लामा गरिँदै, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

काठमाण्डु – सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ भने अन्य जिल्लाहरूमा जिल्ला प्रशासन […]

Continue Reading

जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा

काठमाण्डु – लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयुकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको पहलमा जग्गा प्राप्ति प्रक्रियाले मूर्तरूप लिएको छ । काठमाण्डु […]

Continue Reading

विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा […]

Continue Reading

नयाँ वर्षमा  कहाँ कहाँ छन् काठमाडौ वरिपरि घुम्न लायक ठाउँहरु

काठमाडौ । नयाँ वर्ष २०८३ को पावन अवसरमा काठमाडौं उपत्यका र यस आसपासका क्षेत्रमा घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यहाँ धेरै आकर्षक गन्तव्यहरू छन्। छोटो समयमा र कम खर्चमा प्रकृति को आनन्द लिन सकिने केही प्रमुख स्थानहरूको विवरण यहाँ प्रस्तुत छ। नयाँ वर्ष विशेषः काठमाडौं आसपासका उत्कृष्ट घुमघाम गन्तव्यहरू१. नगरकोटः काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा […]

Continue Reading

पुरानालाई सच्चिने र नयाँ शक्तिहरूका लागि काम गरेर देखाउने चुनौतीको वर्ष

काठमाडौं । २०८२ साल नेपालको राजनीतिक इतिहासमा एक ’टर्निङ प्वाइन्ट’ वा महापरिवर्तनको वर्षका रूपमा अंकित भएको छ । दशकौँदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना शक्तिहरूको प्रभाव कमजोर बन्दै गएको र नयाँ वैकल्पिक शक्तिहरूको उदयले नेपाली राजनीतिमा एउटा नयाँ आयाम थपेको यो वर्ष अत्यन्तै उतारचढावपूर्ण रह्यो । २०८२ सालमा थुप्रै राजनीतिक घटनाहरु भए, जसले वर्ष २०८२ […]

Continue Reading

नवनियुक्त २ मन्त्री र उपसभामुखले लिए शपथ

काठमाण्डु– नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्री नियुक्त गरेका थिए । शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिले उनीहरुलाई शपथ खुवाएका हुन् । यस्तै नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले […]

Continue Reading

डिजटल ट्रान्स्फरमेसन प्रोजेक्टबारे सञ्चारमन्त्री समक्ष विश्व बैंकको चासो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा विश्व बैँकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको टोली सहभागी थियो । भेटका क्रममा आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका विषयमा विस्तृत छलफल […]

Continue Reading

चैत २७ गते संसदको दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । चैत २७ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थद्वारा जारी पत्रअनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त […]

Continue Reading

राजदूत र कुटनीतिज्ञलाई प्रधानमन्त्रीको सन्देश–नेपालको प्राथमिकता सन्तुलित र व्यवहारिक कुटनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गर्दै बुधबार प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए ।  सो अबसरमा प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा […]

Continue Reading