नवराजपुर गाउँपालिकाले कानुन विपरीत सल्लाहकार राखेर रकम खर्चिदै

कुलान्नद यादव – सिरहा  – स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिंदै जाँदा आएको बजेटको पनि चरम दुरुपयोग भएको पाइएको छ । जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिएका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूकाे सेवा सुविधा सम्बन्धित कानुनमा […]

Continue Reading

प्रधानमन्त्री केपी ओली र विद्या भण्डारीबीच च्यासलमा वार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने घोषणा सार्वजनिक गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग […]

Continue Reading

मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’  […]

Continue Reading

मेयरमा पराजित भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् । यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए । न्याैपाने एमालेकी तिनै नेता हुन् […]

Continue Reading

जनमतका निलम्बित उपाध्यक्ष साहमाथि सिकेका कार्यकर्ताले छ्यापे कालोमोसो

बारा । जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा कालोमोसो छ्यापिएको छ ।जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका–३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो छ्यापिएको हो । निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेको छ ।सोही यात्रामा रहेको बेला पार्टी […]

Continue Reading

मधेश प्रदेशसभाको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन

मधेश प्रदेशसभामा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै अवरोध गरेपछि सहमति पश्चात् पुनः बसेको बैठकमा नयाँ कार्यदल गठन भएको हो। सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत […]

Continue Reading

मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा, सबै मुद्दा फिर्ता लिन माग

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी […]

Continue Reading

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।   विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो।  पक्राउ […]

Continue Reading