एकैदिन साढे पाँच हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  बिहीबार चाँदीको मूल्य पनि २ सय १५ रुपैयाँ […]

Continue Reading

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई […]

Continue Reading

आज र भोलि सर्वोच्च अदालत आंशिक खुल्ने

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–२ र धुर्कोट गाउँपालिका–३ को वडाध्यक्ष पद रिक्त भएको छ । ति वडाका अध्यक्षलाई कांग्रेसले कारबाही गरेपछि पद रिक्त भएको हो ।  निर्वाचन आयोगले बिहीबार सूचना जारी गरेर यसबारे जानकारी गराएको हो । जनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी […]

Continue Reading

आज र भोलि सर्वोच्च अदालत आंशिक खुल्ने

काठमाडौं । आज र भोलिको सार्वजनिक बिदामा सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ । सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएका कारण बिहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो । जसअनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत […]

Continue Reading

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत, पक्षमा ६२, विपक्षमा ३६ मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।  यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस […]

Continue Reading

यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ–हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे । उनले भने, ‘हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर […]

Continue Reading

इसिडीदेखि १२ कक्षासम्मै पाठ्यक्रम परिमार्जन हुँदै, अर्को वर्षदेखि लागु हुने

काठमाडौं । सरहरले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको छ । मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी पाठ्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्न लागिएको हो ।  प्रारम्भिक बालविकास (इसिडी) देखि कक्षा १२ सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप […]

Continue Reading

अमृत झा अझै इरानी सेनाको नियन्त्रणमा छन्ः सरकार

काठमाण्डु– सरकारले नेपाली युवा अमृत झा अझै इरानी सेनाको नियन्त्रणमै रहेको बताएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले झालाई रिहा गरी स्वदेश फर्काउने तयारी भइरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले झालाई रिहा गरेर नेपाल ल्याउन सरकार प्रयासरत रहेको बताए । ‘इरानको नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रिया जारी छ’, उनले भने, […]

Continue Reading

हर्कको पार्टीमा भित्रिए सुदन, बने श्रम संस्कृतिको उपाध्यक्ष

काठमाण्डु– पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाण्डुको बागबजारस्थित हार्दिक होटेलमा आयोजित एक कार्यक्रममार्फत किराँतीलाई पार्टीका अध्यक्ष साम्पाङले पार्टीमा प्रवेश गराएका हुन्। किराँती श्रम संस्कृति पार्टीको उपाध्यक्ष तथा वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने भएका छन् ।

Continue Reading