काठमाडौं । अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने भएको छ ।
एक सूचना निकाल्दै ईसेवाले आगामी १ साउनदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेटहरूको कारोबार रोक्का हुने भएकोले तत्कालै भेरिफाई गर्न ईसेवाले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार आगामी १ साउनदेखि सबै डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो वालेटको केवाईसी अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ ।
केवाईसी भेरिफाई गर्ने तरिका
आफ्नो ईसेवा एपमा लगइन गर्नुहोस् ।
प्राेफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।
My Information मा ट्याप गर्नुहोस् ।
“Continue” मा ट्याप गरी आवश्यक विवरणहररू भर्नुहोस् ।
आफ्नो कागजपत्रहरू अपलाेड गरी केवाईसी प्रक्रिया पूरा गर्नुहोस् ।