काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ ।
यस दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि २ सय १५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
