सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु

प्रदेश मधेस राजनीति सबै

युवा अभियन्ता आभाष गुरुले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै त्यहाँका स्थानीय बासिन्दाले आफ्नो भूमि र सम्पत्तिको संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “आज तिमीहरूले सुस्तामा जे देख्यौ, त्यो हाम्रा बा-आमा, काका-काकीहरूको दैनिकी हो। उहाँहरूले आफ्ना खेत-खरियानको संरक्षण सदियौँदेखि गर्दै आइरहनुभएको छ।”

गुरुले सुस्ताका नागरिकहरू वर्षौँदेखि सीमावर्ती चुनौती र भूमि संरक्षणको समस्यासँग जुध्दै आएको उल्लेख गर्दै यस विषयलाई केवल राजनीतिक बहस वा सामाजिक सञ्जालको चर्चामा सीमित नराख्न आग्रह गरे। उनले काठमाडौंमा बसेर केवल प्रतिक्रिया जनाउनु भन्दा स्थानीय बासिन्दाको पीडा र संघर्षलाई बुझ्न आवश्यक रहेको बताए।

सुस्ता क्षेत्र नेपाल र भारत सीमासँग जोडिएको संवेदनशील भूभाग हो, जहाँ भूमि अतिक्रमण तथा सीमासम्बन्धी विवादका विषय समय समयमा उठ्ने गरेका छन्। स्थानीय बासिन्दाले आफ्नो भूमि र अधिकारको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *