साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा भएको खेलमा घरेलु टोलीले जित दर्ता गराएको हो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता लिएको थियो। सिना जहान शिखाले १३औँ मिनेटमा र सागोरिकाले ३६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको […]

Continue Reading

सिरहामा दुई क्विन्टलभन्दा धेरै गाँजासहित एक जना पक्राउ

सिरहा, औरही – सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका व्यक्ति २३ वर्षीय राम उदगार मलाह हुन्, जो सोही टोलका स्थायी बासिन्दा हुन्। प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले दिएको जानकारीअनुसार, विशेष सूचनाका आधारमा शुक्रबार राति प्रहरी टोलीले […]

Continue Reading

प्रहरी विधेयकमा हवल्दारसम्मलाई १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयकमा हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था मिलाइएको बताएका छन्।आइतबार आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षाको सुरुवात गर्दै गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा प्रहरी विधेयकका विषयमा फेरि छलफल सुरु हुने बताएका हुन्। ‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा […]

Continue Reading

बलिवुड फिल्म ‘उदयपुर फाईल्स’ नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको गुहार

भारतीय फिल्म ‘उदयपुर फाइल्स स् कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु(मुस्लिम दंगा देखाइएको जनाउँदै […]

Continue Reading

मधेश प्रदेशसभाको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन

मधेश प्रदेशसभामा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै अवरोध गरेपछि सहमति पश्चात् पुनः बसेको बैठकमा नयाँ कार्यदल गठन भएको हो। सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत […]

Continue Reading

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ- इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ […]

Continue Reading

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

काठमाडौँ- ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको […]

Continue Reading

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर- भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित […]

Continue Reading

मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा, सबै मुद्दा फिर्ता लिन माग

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी […]

Continue Reading

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।   विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो।  पक्राउ […]

Continue Reading