जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक

काठमाडौं- गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका-१० स्थित त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदुरपश्‍चिम रोयल्सबीचको फाइनल खेलपछि दुर्व्यवहार र आक्रमणमा संलग्न ती युवकलाई जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको […]

पढाइ जारी राख्नुहोस्

जनकपुर बोल्टसका मधेशी समर्थकलाई आक्रमण र नश्लीय/रंगभेदी गर्नेलाई कारबाही गर्न अभियन्ता सरोज राय यादवको माग

काठमाडौं। शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै सामाजिक अभियन्ता सरोज राय यादव ले उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका छ। एनपिएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेसी समुदायका मानिसहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही समूहद्वारा अपमानजनक शब्द प्रयोग गर्दै […]

पढाइ जारी राख्नुहोस्

दुर्गा प्रसाईंको अस्पताल लिलाम गर्न अदालतले फुकाइदियो बाटो

बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको […]

पढाइ जारी राख्नुहोस्

औरही गापाले सुरु ग¥यो तीन दिने आँखा जाँच शिविर

सिरहा,२७ मंसिर । औरही गाउँपालिकाले विहिवार निःशूल्क आँखा जाँच शिविर सुरु गरेको छ । पालिकाको विभिन्न वडामा चल्ने तीन दिने निःशूल्क आँखा जाँच शिविरको सुरुवात वडा नं.३ पिप्रा प्रपिबाट भएको छ ।औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बिरामीलाई आँखा जाँच पुर्जा प्रदान गर्दै ३ दिने निःशूल्क आँखा जाँच शिविरको उद्घाटन गरे । जनतासँग गरेको प्रतिबद्धता र […]

पढाइ जारी राख्नुहोस्

चन्द्रनिगाहपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला […]

पढाइ जारी राख्नुहोस्

रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज पुर्याइयो, सयौं समर्थकले गाडी घेरे

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि भन्दै वीरगञ्ज लगिएको छ । लामिछानेलाई सोमबार बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट करिव एक घण्टा लगाएर गाडीमार्फत वीरगञ्ज पुर्‍याउने क्रममा सयौं समर्थकहरुले गाडीलाई घेरेका थिए । सहकारीको रकम […]

पढाइ जारी राख्नुहोस्

शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन प्रहरी प्रतिबद्ध छ : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, […]

पढाइ जारी राख्नुहोस्

कतारमा सात वटा वैचारिक संस्थाको संयुक्त शुभकामना कार्यक्रम भव्यताका साथ सप्पन्न

रामएकवाल राम दोहा, कतार:-प्रवासी भुमी कतारमा स्थापित सात वटा वैचारिक संघ संस्थाहरूले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेका छन। नेपालीहरुको महान चाड बडा दशै,शुभ दिपावली तिहार छठ पर्व,नेपाल सम्वत, बलिहाङ, तङनाम,जितिया मह पुजा लगायत पर्वहरुको पावन अवसरमा कतारमा स्थापित वैचारिक  संस्थाहरु मध्ये सात वटा संस्थाहरु नेपाली जनसम्पर्क समिति कतार,प्रवासी नेपाल […]

पढाइ जारी राख्नुहोस्

मिथिलाञ्चलमा जितिया पर्व शुरू

सिरहा असोज ७ गते ।  – सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने मिथिला क्षेत्रकै पवित्र‘जितिया पर्व’नहा खा अर्थात नुहाएर खाने विधिसहित आजदेखि शुरू भएको छ । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु भोलि बिहान ४बजेदेखि दिनभरि र रातभरि तथा पर्सि बुधवार दिनभरि उपवास बस्ने तयारीमा छन् । पर्सि बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दैव्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहनदेवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफूपनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी, भोलि मङ्गलवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी पर्सि बुधवार बेलुकी सवा ५ बजे व्रत सम्पन्नगर्नेछन् । व्रतालुहरुले सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीलेसुन्ने चलन छ । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । राजा शालिवहानको राज्यमा एउटी महिलाकासातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखिशालिवहानलाई ‘जितुमाहन’नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

पढाइ जारी राख्नुहोस्

भेन्टिलेशन फोडेर प्रहरीको हिरासतबाट भागेका थुनुवा

धनुषा ।   जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सवा ३ बजे राति १० जना थुनुवा फरार भएका छन् । धनुषा प्रहरीको नयाँभवनबाट १० फिट माथिको भेन्टिलेशनको रड काटेर १० जना कैदी फरार भएकामध्ये एक जना पक्राउ गरेका छन् ।  प्रहरीको हिरासत कक्षबाट भाग्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका २० रुपैठा हाल काठमाडौं चावहिल गणेशमन्दिर नजिक बस्ने २५ वर्षीय अमित कुमार झा (लागु औषध), धनुषाको विदेह नगरपालिका-७ गिद्धाका २६ वर्षीय रञ्जित मण्डल(लागु औषध), २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा जिल्ला सिरहा नगरपालिका- १३ का ३३ वर्षीय अभास्कर कुमार यादव (लागुऔषध) र धनुषाको औरही नगरपालिका-२ का २३ वर्षीय विशाल मुखिया फरार भएका छन् ।  यसैगरी अन्य फरार हुनेहरुमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका- १ का १७ वर्षीय सुमित मेस्तर नाबालक (अभद्रव्यवहार), धनुषा जिल्ला नगराईन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधामउपमहानगरपालिका- ४ का २२ वर्षीय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको हिरासत कक्षकोडियूटीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ सदस्यीय टोली रहने गरेको स्रोतको दाबी छ । हिरासतबाट फरार अभियुक्त खोज्नसिमा क्षेत्र तथा जिल्ला अन्य स्थानहरुमा व्यापक प्रहरी परिचालन गरी खोजी कार्य तिव्र गरिएको जिल्ला प्रहरी कार्यालय धनुषालेजनाएको छ ।

पढाइ जारी राख्नुहोस्