मधेशको पानीको अवस्था बुझ्न भारतीय प्राविधिक टोली जनकपुरमा, मुख्यमन्त्री सिंहसँग भेट

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले भेट गरेका छन्। बिहीबार भएको भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छ। टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान […]

Continue Reading

जेलेन्स्की भन्छन्: ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूलाई मूर्ख बनाउन नसक्ने बताएका छन्।  बुधबार बर्लिनमा युरोपेली नेताहरूसँग भेटघाट र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेपछि जेलेन्स्कीले भनेका छन्, ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्।’ यस क्रममा उनले अमेरिका युक्रेनप्रतिको समर्थनलाई निरन्तरता दिन तयार रहेको दाबी पनि गरेका छन्।  राष्ट्रपति ट्रम्पले भने बुधबार रुस […]

Continue Reading

मनिषा साह यादव ‘अनलाइनखबर ४० अन्डर ४०’ मा सम्मानित

काठमाडौँ । मधेश प्रदेशको सर्लाही जिल्ला, हरिपुरबा नगरपालिका – ६ निवासी प्रख्यात मिथिला कलाकार मनिषा साह यादव प्रतिष्ठित ‘अनलाइनखबर ४० अन्डर ४०’ सूचीमा स्थान बनाउन सफल भएकी छन्। अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक गरेको उक्त सूचीमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको नाम समावेश गरिएको हो, जसमा यादवको नाम मोडर्न मिथिला आर्ट […]

Continue Reading

अन्धकारमा उपचार ! सिरहा प्रादेशिक अस्पतालको लापरवाही, अध्यक्ष सोहेन्द्र यादवमाथि जनआक्रोश

सिरहा – प्रादेशिक अस्पताल सिरहामा चरम लापरवाहीका कारण बत्ती नहुँदा बिरामीहरूको उपचार अन्धकारमै गर्नुपर्ने अवस्था आएको छ। विद्युत आपूर्तिमा समस्या आए पनि वैकल्पिक व्यवस्था (जेनेरेटर वा इनभर्टर) तेल नहुँदा अस्पतालमा आउने आपतकालीन बिरामी समेत प्रकाशको अभावमा उपचार नै न पाउन बाध्य भएका छन्। अस्पतालका सेवाग्राहीहरूको गुनासो अनुसार, यस्ता आधारभूत सुविधा अभाव हुनुको मुख्य कारण अस्पताल […]

Continue Reading

सूचना विभागमा अनलाइन दर्ता र नवीकरण स्थगित, अब जिल्लामै सीडीओले गर्ने

काठमाडौँ । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्य स्थगित गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यमको काम अब गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने भएका छन् । सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा दफा ७ख थप गरी अनलाइन दर्ता […]

Continue Reading

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ। संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ। संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको […]

Continue Reading

माओवादी स्थायी समिति बैठक : प्रचण्डको एजेन्डामाथि धारणा राख्दै नेताहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । शनिबार बसेको  बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । […]

Continue Reading

रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प

काडमाडौं । रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट)का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार (जुलाई ३१) मा रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो । उक्त भूकम्पले […]

Continue Reading

नेपाली नागरिकले एक पटक नाम, थर र जन्मदर्ता सच्याउन पाउने

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि […]

Continue Reading

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी

काठमाडौँ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले(२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय […]

Continue Reading