अन्धकारमा उपचार ! सिरहा प्रादेशिक अस्पतालको लापरवाही, अध्यक्ष सोहेन्द्र यादवमाथि जनआक्रोश

अन्य सबै

सिरहा – प्रादेशिक अस्पताल सिरहामा चरम लापरवाहीका कारण बत्ती नहुँदा बिरामीहरूको उपचार अन्धकारमै गर्नुपर्ने अवस्था आएको छ। विद्युत आपूर्तिमा समस्या आए पनि वैकल्पिक व्यवस्था (जेनेरेटर वा इनभर्टर) तेल नहुँदा अस्पतालमा आउने आपतकालीन बिरामी समेत प्रकाशको अभावमा उपचार नै न पाउन बाध्य भएका छन्।

अस्पतालका सेवाग्राहीहरूको गुनासो अनुसार, यस्ता आधारभूत सुविधा अभाव हुनुको मुख्य कारण अस्पताल व्यवस्थापनको कमजोर नेतृत्व र समयमै समस्या समाधान नगर्ने प्रवृत्ति हो।

विशेषगरी अस्पताल विकास समितिका अध्यक्ष सोहेन्द्र यादवको बेवास्ता र गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति स्थानीयवासी आक्रोशित बनेका छन्।अध्यक्ष यादवले अस्पतालको सेवा सुधार, पूर्वाधार मर्मत तथा आपतकालीन उपकरणको व्यवस्था गर्ने प्रतिबद्धता बारम्बार गरेका भए पनि व्यवहारमा कुनै सुधार देखिएको छैन।

अस्पतालमा नियमित रुपमा बत्ती जाने समस्या भए पनि त्यसको स्थायी समाधानका लागि कुनै पहल नभएको सेवाग्राहीहरू बताउँछन्।अस्पतालमा अन्धकारको कारण उपचारमा ढिलाइ, स्वास्थ्यकर्मीलाई कठिनाई र बिरामीको ज्यानसम्म जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।

युवा नेता अरविन्द यादव र स्थानीय नागरिक, सरोकारवालाहरूले तत्काल वैकल्पिक विद्युत व्यवस्था गर्नुपर्ने र अध्यक्ष यादवलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *