गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ।
कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ।
त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर जो कोही हुन सक्छन्।
“त्यसरी सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा भएको प्रसिद्ध ”ज्योतिषविद् गुरु बिबेक्ज्यु बताउँछन्।
गुरुको सम्मानका लागि उत्तम दिन
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्।
कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ।
प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ।
विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ।
त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ।
अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए।
बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्।
उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)