औरही गापाले सुरु ग¥यो तीन दिने आँखा जाँच शिविर

अन्य सबै समाचार

सिरहा,२७ मंसिर । औरही गाउँपालिकाले विहिवार निःशूल्क आँखा जाँच शिविर सुरु गरेको छ । पालिकाको विभिन्न वडामा चल्ने तीन दिने निःशूल्क आँखा जाँच शिविरको सुरुवात वडा नं.३ पिप्रा प्रपिबाट भएको छ ।
औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बिरामीलाई आँखा जाँच पुर्जा प्रदान गर्दै ३ दिने निःशूल्क आँखा जाँच शिविरको उद्घाटन गरे । जनतासँग गरेको प्रतिबद्धता र जनताले दिँदै आएको सुझावको आधारमा जनमैत्री योजाना बनाई त्यसको प्रभावकारी कार्यान्वयन गर्दै आएको उनले दाबी गरे ।


औरही गाउँपालिकाको विभिन्न ठाउँमा तीन दिनसम्म चल्ने निःशूल्क आँखा जाँच शिविरमा कसैको कुनै शूल्क नलाग्ने उनले प्रष्ट गरे । विपन्न दलित, एकल महिला, बालबालिका तथा जेष्ठ नागरिकको हित हुने गरी शिविर संचालन गरिएको उनले थपृ ।
पहिलो दिनको निःशूल्क आँखा जाँच शिविर एक सय पचास जनाभन्दा बढिले आँखा जाँच गराएको प्रमुख प्रशासकिय अधिकृत उदित्य कुमार कर्णले बताए  । स्थानीय तहका जनप्रतिनिधिले कानून अनुसार ल्याउने हरेक योजनाको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा पारदर्शीताको मर्मलाई आत्मसात गरेर कागजी प्रक्रिया मिलाउन तयार गरेको उनले प्रष्ट परे ।


सिरहाको कर्जन्हा नगरपालिकाको कर्जन्हा बजार स्थित फुल कुमारी महतो मेमोरियल हस्पीटलको प्रविधिक सहयोगमा सुरु भएको शिविरको उद्घाटन कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष जीवछ यादव लगायतका व्यक्तिहरुले शिविरको महत्वबारे आफ्नो आ–आफ्नो विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *