विपद्को सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीलाई मधेशका मुख्यमन्त्रीको निर्देशन
जनकपुरधाम, १२ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीकोजलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाईनिर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेश प्रदेश प्रमुखएवम् नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरीबलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख एवम् नायबमहानिरीक्षक कालीदास धवोजीसँग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न रमानवीय तथा भौतिक क्षति हुन नदिन लगायतका सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् । प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेकोमुख्यमन्त्रीलाई जानकारी गराएका छन् । उनीहरूले तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रप्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए । सप्तकोसी र वागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउनतटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारीअधिकारी तथा स्वयंसेवी संस्थाहरू समेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका छन् । शनिबार बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिँहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेकोर त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको भन्दै कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थपवृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमतीबराजको सबै ३६ वटा ढोका खोलिएका छन् । उनले सप्तकोसीमा तीन लाखभन्दा बढी क्युसेक पानीको बहाब खतरापूर्ण मानिने भएकोमा ४ लाख ८० हजार ४ सय ९५ क्युसेक पानीकोबहाव भइरहेको र जलस्तर अझै बढ्ने अनुमान गरिएकाले त्यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए । प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । यो नदीमा २ हजार ८ सयभन्दा माथि क्युसेक पानीको बहाब भएमाखतराचिह्न पार गरेको मानिन्छ । प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुईघाइते भएका छन् । बाराको जितपुर सिमरा नगरपालिका वडा नम्बर १२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मतको कार्य गराइरहेको छ ।
पढाइ जारी राख्नुहोस्