आज मिति २०८० साल फागुन ,१८ गते, शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिंढी चढ्न सकिनेछ । राजनीति […]

पढाइ जारी राख्नुहोस्

सिरहामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित एक विद्यालयका शिक्षकले शिशु कक्षा पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् ।  बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हाको श्री आधारभुत प्रा.बि.स्कुलका शिक्षक सनोज यादबले ४ वर्षीय विद्यार्थी राजु कुमार यादबलाई निर्घात कुटेको खुल्न आएको छ । विद्यालयमा पढने क्रममा शिक्षकले कुटेको बालको हजुरबुवा राज कुमार यादबले बताएका छन् । […]

पढाइ जारी राख्नुहोस्

रिपोर्टिङको क्रममा पत्रकारमाथी हातपात तथा दुर्ववहार

लहान – रिपोर्टिङकै क्रममा पत्रकार दिपेन कुमार मण्डल र क्यामेरा म्यान बलिराम दास माथि हातपात, कुटपिट तथा दुर्ववहार भएको छ । समाचार संकलनका लागि नवराजपुर गाउँपालिका वडा नम्बर ३ वाडा कार्यलयमा पुगेका एबि न्युजका पत्रकारलाई त्यही वाडाका वाडा अध्यक्ष बन्सिलाल यादवले हातपात कुटपिट तथा दुर्व्यवहार गरेका छन। नवराजपुर गाउँपालिका वाडा नम्बर -३ को समग्र विकास […]

पढाइ जारी राख्नुहोस्

यसपाली देखि एसईईमा सबै विषयमा ३५ अंक नल्याए फेलहुने

तपाईं कक्षा १० मा पढ्नुहुन्छ र एसइई दिने तयारीमा हुनुहुन्छ भने आजैदेखि राम्रोसँग तयारी थाल्नुहोस्। किनकि एसइईमा सबै विषयमा उत्तीर्ण हुने व्यवस्था हटाइएको छ। आगामी चैत १५ गतेदेखि सुरु हुने एसइईका विद्यार्थीले उत्तीर्ण हुन न्यूनतम ३५ अंक ल्याउनैपर्ने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। उनले विगतमा शून्यदेखि २० अंक ल्याउने विद्यार्थीलाई […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,१६ गते, बुधवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । बृष (इ, […]

पढाइ जारी राख्नुहोस्

बारा विष्फोटमा मृत्यु हुने तीन पुगे, थप एकको उपचार जारी

काठमाडौँ: बाराको निजगढमा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेजमा हिजो ग्यास सिलिन्डर विष्फोट भएको थियो । विष्फोटमा सञ्चालक ४५ वर्षीय रेशम मगर, पर्सा वीरगन्जका २० वर्षीय रितु रजत र भारतका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको हो । विस्फोटमा ६ जना घाइते भएका थिए […]

पढाइ जारी राख्नुहोस्

संसद भवन भित्र प्रवेश गरे मिटरब्याज पीडित

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छउपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । भित्रबाट बोलाएको भन्दै दुई/तीन जना छिरेछन्, पछि अरु पनि छिरेको भन्ने आएको छ’, एआईजी थापाले भने, ‘के भएको हो भन्ने बुझ्न जिल्ला प्रहरी परिसर, […]

पढाइ जारी राख्नुहोस्

सिरहाबाट एक महिला पैसा र बच्चासहित अर्कैसँग भागिन्, परिवार खोजीमा भौतारिँदै

सिरहा । सिरहाबाट एक महिला अर्कैसँग भागेकी छिन् । मिर्चैया नगरपालिका-९, रमपुराका २३ वर्षीय राजपति यादवकी श्रीमती पुजा यादव अर्कैसँग भागेकी हुन् । उनीहरूको दुई वर्षअघि मात्रै सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनीहरूको डेढ वर्षको एक छोरा पनि छ । तर, उनी केहि दिनअघि भारतको बिहार राज्य, मधुवनी जिल्ला, कमलावारी पञ्चायत वडा ७ […]

पढाइ जारी राख्नुहोस्

सारस्वरमा इस्लाम धर्मावलम्बीले सब–ए–बारात’ पर्वधुमधामका साथ मनाए

जिल्ला सिरहा,सिरहा नगरपालिका १२, सारस्वरमा इस्लाम धर्मावलम्बीले सब–ए–बारात’ पर्वधुमधामका साथ मनाए ।इस्लामिक महिना सवाणमा मनाइने ‘सब–ए–बारात’ पर्वको अवसरमा मुस्लिम समुदायले आइतबार राति जाग्राम बसेर सामूहिक नवाज पढे, कुरान खानी, फतिह, मिलाद गराए तथा कब्रिस्तान (चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रार्थना गरे । सब–ए–बारात’को १५ दिन अघिदेखि सारस्वरकाे मुस्लिम सामुदायका व्यक्तिहरूले घरको […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,१३ गते, आईतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट पञ्चम रहने भएकाले पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । […]

पढाइ जारी राख्नुहोस्