काठमाडौं। शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै सामाजिक अभियन्ता सरोज राय यादव ले उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका छ।
एनपिएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेसी समुदायका मानिसहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही समूहद्वारा अपमानजनक शब्द प्रयोग गर्दै आक्रमण र कुटपिट भएको थियो।
मधेशी सभ्यतामा असर पर्ने खालका शब्द प्रयोग गरि अपशब्द बोल्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने । हिजो शनिबार भएको एनपीएल खेलको बिजेता जनकपुर बोल्ट्सलाई लक्षित गरेर केहि व्यक्तिहरुले अनावश्यक शब्दहरु प्रयोग गरि सामाजिक संजाल तथा अन्य स्थानमा मधेशको प्रतिष्ठामाथि खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेको प्रति सामाजिक अभियन्ता सरोज यादवले विरोध जनाएका छन् ।
मधेशीलाई बिभिन्न तरिका ले होच्याउने, अपमान गर्ने, तल देखाउने, बेइज्जत गर्ने , कुटपिट गर्ने जस्ता कार्यहरु गरेको भन्दै यथाशिघ्र कारवाही गर्नुपर्ने सामाजिक अभियन्ता यादवले सम्बन्धित गृह प्रशासनसँग माग गरेको छ।
मुलुकी फौजदारी संहिता, २०७४ को राज्य बिरुद्धका कसूर अन्तर्गत दफा ४९ (४) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख भएको सोही ऐनको सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ग, जातजाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालको विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन” भन्ने व्यवस्था गरेको देखिन्छ ।
तर यो व्यवस्थालाई उल्लङ्घन गर्दै फाइनल खलको बिजेता जनकपुर बोल्टका समर्थकहरूमाथि काठमाडौंमा केही अराजक व्यक्ति र समूहबाट भएको भौतिक आक्रमण र नश्लीय/रंगभेदी गालिगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय रहेको बताउदै यादवले दोषीलाई शिघ्र कारवाहीको माग गरेका छन् ।