राम मन्दिर उद्घाटनको उल्लास सिरहामा

मिथिला मञ्च समाचार

सिरहा,२० पुस । छिमेकी देश भारतको अयोध्यामा राम मन्दिर उद्घाटनले सिरहाबासीमा उल्लास छाएका छन् ।

जिल्ला सदरमुकाम सिरहाका बासिन्दाहरुलेहरुले सार्वजनिक तथा नीजि स्थानहरुमा जय श्री राम लेख्न लगाउनका साथै भगवान राम आकृतिको प्रतिमा चित्र बनाउन लगाएका हुन् ।

भारतको अयोध्यास्थित २२ जनवरीमा राम मन्दिर उद्घाटन गरिने भनी समयसिमा तय भएको विभिन्न माध्यमबाट जानकारी पाएपछि यहाँका स्थानीयहरु उल्लासित हुँदै त्यस्ता लेखनका कार्यहरु गर्न लागेका छन् ।

सबैले देखिने गरी यहाँका व्यापारीहरुले आ–आफ्ना सटरहरुमा जय श्री राम र रामांकित प्रतिमा चित्र बनाउन लगाएको व्यापारी धर्म यादवले बताए ।धार्मिक आस्थालाई झल्काउदै राम मन्दिर उद्घाटनको अवसरमा सिरहाबासीले यस्ता लेखनका कार्य गराएको उनले बताए ।

उनका अनुसार आपसेआप यहाँका बासिन्दाहरुले एका विहानै ठाउँ–ठाउँमा यस्ता लेखनका काम थालिसकेको थियो । सावर्जनिक यातायातको रुपमा संचालनमा रहेको सिटि रिक्साहरुमा समेत जय श्री राम लेखाएको देखिएको उनले थपे ।

भगवान रामसँगको आस्था र आगाध स्नेहको फलस्वरुप सिरहाबासीले राम मन्दिर उद्घाटनको अवसरमा फरक पहिचान झल्काउदै श्री राम लेखन र राम अंकित प्रतिमा बनाउन लगाएको स्थानीय समाजसेवी शम्भु साहले तर्क गरे । यस्ता लेखन कार्यले अन्तराष्ट्रिय स्तरमा सिरहा जिल्लाको फरक पहिचानको झल्को मिल्ने उनले थपे ।

यसैगरी, २२ जनवरीलाई लक्षित गरेर मधेश प्रदेशको राजधानी जनकपुरबाट मधेशको पौरानीक सांस्कृति अनुसार सैकडौं भार अयोध्याका लागि प्रस्थान गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तराई मधेशको कल्चर अनुरुप लडु, खाजा तथा विभिन्न प्रकारका अन्य फलपूले सु–सज्जित गरेर अयोध्याका लागि प्रस्थान गरेको उनीहरुले बताएका हुन् ।

भारतको अयोध्यास्थित उद्घाटन हुन लागेको राम मन्दिरको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरबाट विभिन्न परिवारकाले सुसज्जित भार प्रस्थान र सिरहा लगायत विभिन्न जिल्लाहरुमा त्यस लक्षित भित्ते लेखन तथा अन्य क्रियाकलापले नेपाल र भारतबीचको सम्बन्धमा अझ मजबुती ल्याउने सनातन हिन्दू युवा परिषद् को संयोजक मनिष कुमार यादव ले बताएका हुन् ।

1 thought on “राम मन्दिर उद्घाटनको उल्लास सिरहामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *