निजी विद्यालय सञ्चालकहरूले काठमाडौंमा स्कुल बसको र्‍याली निकाले

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन […]

Continue Reading

भूमि विधेयकले मधेशलाई मरुभूमितर्फ धकेल्ने खतरा: त्रिपाठी

काठमाडौं , भदौ ७ – जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले प्रस्तावित भूमि विधेयकलाई मधेशको भविष्यका लागि “खतराको घण्टी” भन्दै कडा आपत्ति जनाएका छन्। उनका अनुसार, विधेयक पारित भए मधेशको कृषियोग्य भूमि मात्र होइन, यहाँको जलस्रोत, वातावरणीय सन्तुलन र क्षेत्रीय स्वायत्तता समेत दीर्घकालीन संकटमा पर्नेछ। मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरद्वारा आयोजित भूमि विधेयक: […]

Continue Reading

सिरहामा खैरो हिरोइनसहित तीन जना पक्राउ

सिरहा, ४ भदौ । सिरहा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विहीबार २०८२ भदौ ४ गते दिउँसो विष्णुपुर गाउँपालिका–१ स्थित चौहर्वातर्फ आउँदै गरेको यात्रुबाहक विङ्गर प्र.२–०१–००१ज ००४३ मा चढेका यात्रुहरूमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले गाडी रोकी चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मकवानपुर, हेटौडा उपमहानगरपालिका–१५ […]

Continue Reading

विपिनकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् । विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्‍मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । […]

Continue Reading

नाडा अटोमोवाइल्स् शो २०२५ प्रधानमन्त्रीद्वारा उद्घाटन् हुने

काठमाडौं । आगामी भदौ ३ देखि काठमाडौंमा हुने नाडा अटोमोवाइल्स् शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेको थियो । सोही टोलीले भदौ ३ देखि ८ गतेसम्म हुने शोको उद्घाटन गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले उक्त प्रस्तावलाई स्वीकार गरेको […]

Continue Reading

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकामा भेट्दै शक्तिशाली राष्ट्रका सरकार प्रमुख

काठमाडौँ । रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्दैछ । अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन । अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित […]

Continue Reading

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ […]

Continue Reading

सिरहामा १७ किलो गाँजासहित एक जना पक्राउ

सिरहा प्रहरीले १७ किलोग्राम गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते राति करिब १ः३० बजे सिरहा नवराजपुर गाउँपालिका–५, कुसण्डी नजिकै पैदल भारततर्फ लागुऔषध बोकी जाँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी बल बिओपी नवराजपुरको संयुक्त टोलीले चेकजाँच गर्ने […]

Continue Reading

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको […]

Continue Reading

प्रधानमन्त्री ओली र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ। मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो। २०८१ असार ३० […]

Continue Reading