सुजनको राजीनामा स्वीकृत, दीपक धामीले पाए अनेरास्ववियु अध्यक्षको जिम्मेवारी

राजनीति सबै

काठमाडौँ । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जेन जेड आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले बताएका छन् ।

अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *