पत्रकार महासंघ कतार शाखाको १८औं स्थापनाकतार ब्यूरो ।

सबै समाचार

नियमित भन्दा फरक शैलीको कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघ कतार शाखाले आफ्नो १८औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

नेपाली दूतावासको हलमा शुक्रबार सम्पन्न कार्यक्रम निर्धारित समयमा शुरु भएर निर्धारित समयमै सकिएको थियो । शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्व तथा कतारस्थित नेपाली कूटनीतिक नियोगका महामहिम राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
केक काट्दै खुसीयाली साटेर अगाडि बढेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । आफ्नो मन्तव्यका क्रममा शाखाका भूतपूर्व सचिव मोहमद अजिज अलिले आफू अनुकूलका समाचार नलेख्दा होस् या अन्य अवस्थामा कतारमा रहेका पत्रकारहरूलाई विभिन्न समयमा कानूनी उल्झनमा पार्ने गरेको तितो अनुभव सुनाए । नेपालीहरू कतारमा पत्रकारिता गर्न नआए पनि समाजलाई सुसूचित गर्न चुक्न नहुने वक्ताहरूको भनाइ थियो

प्रमुख अतिथि ढकालले पत्रकार पेसा आफैमा चुनौतीपूर्ण रहेको र आफ्नो धर्म निर्वाह गर्ने क्रममा थुप्रै पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । देशमा प्रजातन्त्र होस् या लोकतन्त्र प्राप्तिका लागि पत्रकारको विशेष भूमिका रहेको उनले बताए । नेपालको संविधानले पत्रकारलाई राष्ट्रको चौथो अंगमा सम्बोधन गरेको हुँदा समाचार सम्प्रेषणमा निष्पक्षता हुनुपर्नेमा उनले जोड दिए । उनले महासंघले शुरु गरेको पोडकाष्ट केही फरक कार्य रहेको हुँदा त्यसलाई गतिशिल बनाउँदै तीव्रता दिन सुझाव दिँदै पत्रकारिता पेसालाई मर्यादित बनाउन आग्रह गरे ।

यस्तै प्रवासी भूमिमा रहेर राष्ट्र र समाजका लागि बृहत्तर हितमा सेवामूलक र परोपकारी कार्य गर्नुका साथै कतारमा रहेको नेपाली समाजको खातिर पु¥याएको योगदानको कदर गर्दै फेदी खाला गाउँपालिका ३ स्याङ्जाका गुरुनारायण रानाभाटलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै उनले आफूले दूतावाससँग सन २०१३÷१६ मा समीपमा रहेर कार्यसम्पादन गरेको स्मरण गरे । सामाजिक कार्य गर्दै गर्दा सम्मानको कसैले अपेक्षा गरेको हुँदैन तर कहीँ कतै कसैले मुल्याकंन गरेको हुने रहेछ भन्ने महासंघको सम्मानले प्रमाणित गरेको बताए ।

कतारमा सूचना तथा सामुदायिक पत्रकारिता गरी रहेका नेपाली समुदायका पत्रकार मध्यबाट रेडियो ओलीभमा कार्यरत सोम थापा मगरलाई प्रोत्साहन पत्रद्वारा सम्मान गरेको हो । त्यस्तै संघलाई विशेष सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरू सम्मानित भएका छन् ।

स्थापना दिवसको अवसर पारेर शाखा कतारले ‘पत्रकारिता समुदायका लागि’ भन्ने नारासहित पोडकाष्टको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालसँग गरिएको कुराकानीको प्रोमो सार्वजनिक गर्दै आधिकारिक रूपमा सुचारु गरिएको हो । पोडकाष्टको लक्ष्य कतारमा रहेका श्रमिकको हक हित र कतार प्रवेश गर्न चाहाने नेपाली नागरिकलाई सुसूचित गर्ने लक्ष्य लिएको छ ।

संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव दिलीप पराजुलीले सहजीकरण थिए । कार्यक्रमको समापन गर्दै सभापति श्रेष्ठले कतारमा रहेका नेपाली पत्रकारहरू मजदुर पत्रकार रहेको बताए । उनले मजदुर पत्रकारलाई रोजगारी प्यारो हुने हुँदा खोज अनुसन्धान तथा श्रमिकका पक्षमा खुलेर लेख्न नसकिएको प्रस्ट पारे । महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *