देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना […]

Continue Reading

सर्वोच्चमा पूर्वमन्त्री आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो । यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए । तल्लो अदालतको फैसलामा एक तह माथिको […]

Continue Reading

तेलुगु अभिनेता श्रीनिवासा रावको निधन

काठमाडौँ । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ।राव केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए। रावले चार दशकभन्दा बढीको आफ्नो करियरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।श्रीनिवास रावले विभिन्न भाषाका फिल्महरूमा अभिनय गरेका थिए।

Continue Reading

सिरहामा दुई क्विन्टलभन्दा धेरै गाँजासहित एक जना पक्राउ

सिरहा, औरही – सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका व्यक्ति २३ वर्षीय राम उदगार मलाह हुन्, जो सोही टोलका स्थायी बासिन्दा हुन्। प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले दिएको जानकारीअनुसार, विशेष सूचनाका आधारमा शुक्रबार राति प्रहरी टोलीले […]

Continue Reading

प्रहरी विधेयकमा हवल्दारसम्मलाई १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयकमा हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था मिलाइएको बताएका छन्।आइतबार आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षाको सुरुवात गर्दै गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा प्रहरी विधेयकका विषयमा फेरि छलफल सुरु हुने बताएका हुन्। ‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा […]

Continue Reading

जनमतका निलम्बित उपाध्यक्ष साहमाथि सिकेका कार्यकर्ताले छ्यापे कालोमोसो

बारा । जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा कालोमोसो छ्यापिएको छ ।जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका–३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो छ्यापिएको हो । निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेको छ ।सोही यात्रामा रहेको बेला पार्टी […]

Continue Reading

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर- भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित […]

Continue Reading