आज २०८० माघ २४ गते बुधबारकाे राशि फल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । […]

पढाइ जारी राख्नुहोस्

सर्लाहीमा दुर्घटना : भारतीय गाडीमा सवार नापी अधिकृतसहित ११ जना घाइते

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ […]

पढाइ जारी राख्नुहोस्

आज २०८० माघ २३ गते मंगलवारकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त […]

पढाइ जारी राख्नुहोस्

मधेस प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक (डिआईजी) यज्ञ बिनोद पोखरेलले पदभार ग्रहण गरे

मधेस प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक (डिआईजी) यज्ञ बिनोद पोखरेलले पदभार ग्रहण गरेका छन् । हालै सरुवा भएर आएका डिआईजी पोखरेले आइतबार पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेस प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए । त्यस पश्चात उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान […]

पढाइ जारी राख्नुहोस्

पर्खाल भत्किदा एकै परिवारका तीन घाइते

सिरहा,२४ पुस । सिरहा नगरपालिका १४ खिरौनास्थित छत माथिको पर्खाल भत्किदा एकै परिवारका तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा नगरपालिका १४ निवासि २० वर्षीया उषा कुमारी शाह,२१ बर्षिया रंजना साह,२२ वर्षीय रबी कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए ।प्रथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रादेशिक अस्पताल सिरहाले जनाए । […]

पढाइ जारी राख्नुहोस्

जनकपुरमा पार्किङमा राखिएको बस चोरी ।

जनकपुरधामको बसपार्कबाट बस चोरी भएको छ । ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको छ । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने त्यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो । सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ । आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको […]

पढाइ जारी राख्नुहोस्

मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास

सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि स्थानीय रामनारायण सिंहसहितकाले कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् । मिरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे संजय पस्न खोजेपछि घरजग्गा किनेका स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंह र भाई नितेश सिंहले […]

पढाइ जारी राख्नुहोस्

लाइसेन्स वितरणमा ठूलो अनियमितता१ लाख लाइसेन्स शंकास्पद, ३० हजार खारेजीको सूचीमा

देशका विभिन्न यातायात कार्यालयमार्फत वितरण भएकामध्ये झन्डै १ लाख लाइसेन्स ‘फ्रड’ अवैध किसिमले बनाएर वितरण भएको पाइएको छ।यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयको मिलेमतोमा वितरण भएका झन्डै १ लाख शंकास्पद स्मार्ट लाइसेन्समध्ये ३० हजार लाइसेन्स खारेजीको सूचीमा परेका छन्। बाँकी ७० हजार पनि छानबिनपछि खारेज हुन सक्ने यातायात व्यवस्था विभागका अधिकारीहरुले बताएका छन् । […]

पढाइ जारी राख्नुहोस्

कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि पष्टी

कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन. १ पुष्टि भएको हो ।कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन.१’ पछिल्लो […]

पढाइ जारी राख्नुहोस्

अवैध रूपमा भित्र्याइएको ७२ बोरा प्याज बरामद

रुपन्देही । रुपन्देही प्रहरीले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा प्याज बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित सुण्डीबाट बेवारिसे […]

पढाइ जारी राख्नुहोस्