काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
उनको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।
यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस भित्रको असन्तुष्टिले फलोर क्रस गर्ने डरले अन्तिम अवस्थामा आएर उनी पछाडि हटेका थिए ।
