कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल, चुनाव चिह्न बिजुलीको चिम

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले […]

Continue Reading

मधेश प्रदेश प्रमुख र नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

काठमाडौँ । मधेशमा नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ । यस्तै मधेश प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र […]

Continue Reading

कांग्रेस र एमाले सरकार ‘दलाल पुँजीवाद र बिचौलियावाद’को धाकधम्कीले बनेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन सरकार ‘दलाल पुँजीवाद र बिचौलियावाद’को धाकधम्कीले बनेको बताएका छन् । शनिबार (भदौ २१) पोखरामा आयोजित एक कार्यक्रममा उनले सरकारबारे कडा टिप्पणी गरे । “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,” उनले भने, […]

Continue Reading

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् । उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप […]

Continue Reading

रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्।  रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।  उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ […]

Continue Reading

भूमि विधेयकले मधेशलाई मरुभूमितर्फ धकेल्ने खतरा: त्रिपाठी

काठमाडौं , भदौ ७ – जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले प्रस्तावित भूमि विधेयकलाई मधेशको भविष्यका लागि “खतराको घण्टी” भन्दै कडा आपत्ति जनाएका छन्। उनका अनुसार, विधेयक पारित भए मधेशको कृषियोग्य भूमि मात्र होइन, यहाँको जलस्रोत, वातावरणीय सन्तुलन र क्षेत्रीय स्वायत्तता समेत दीर्घकालीन संकटमा पर्नेछ। मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरद्वारा आयोजित भूमि विधेयक: […]

Continue Reading

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको […]

Continue Reading

माओवादी स्थायी समिति बैठक : प्रचण्डको एजेन्डामाथि धारणा राख्दै नेताहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । शनिबार बसेको  बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । […]

Continue Reading

माधबकुमार नेपाललाई झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका […]

Continue Reading

रञ्जिताको यात्राः मन्त्री पदपछि क्रमशः अध्यक्ष र पार्टी सदस्य चट्

मधेस आन्दोलन भिषण रुपमा उठेको बेला थारु समुदायमा राज्यको उपेक्षा गरेको भन्दै ७२ सालमा उर्लिएको थारुहठ आन्दोलनबाटै रेशम चौधरी उदाएका हुन् । टीकापुर काण्डपछि रेशम चौधरीलाई दोषी करार गरिँदा कैलालीका थारु समुदाय राज्यप्रति अझै आक्रोशित बने । र, दोषी करार गरिएका चौधरीलाई नै निर्वाचित गरिदिए । थारु समुदायको माया पाउने अपेक्षाले नै आफू संरक्षक रहेर […]

Continue Reading