आज र भोलि सर्वोच्च अदालत आंशिक खुल्ने

सबै

काठमाडौं । आज र भोलिको सार्वजनिक बिदामा सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ ।

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएका कारण बिहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो ।

जसअनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।

यसअघि पनि सर्वोच्चले लगातार बिदा परेको अवस्थामा आंशिक रुपमा कामकारबाही सञ्चालन गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *