राजदूत र कुटनीतिज्ञलाई प्रधानमन्त्रीको सन्देश–नेपालको प्राथमिकता सन्तुलित र व्यवहारिक कुटनीति

अन्तर्राष्ट्रिय राजनीति सबै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् ।

विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गर्दै बुधबार प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । 

सो अबसरमा प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै उनले अहिले विश्वमा चलिरहेको युद्धको अवस्थालाई पनि इंगित गरेका थिए ।

यस्तो अवस्थामा नेपालले विदेशमा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा राखेको जानकारी दिए । सरकारले युद्धका कारण पर्न सक्ने समस्याको बारेमा परराष्ट्र मन्त्रालयबाट नियमित जानकारी र ब्रिफिङ लिइरहेको छ । 

राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत÷नियोग प्रमुखहरूको उपस्थिति रहेको थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *