चैत २७ गते संसदको दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राजनीति सबै

काठमाडौं । चैत २७ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थद्वारा जारी पत्रअनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्ने छ । सो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद सचिवालयलाई सम्बोधन गरी पठाइएको पत्रमा उक्त बैठकका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसदको कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *