औरही गाउँपालिकाले ल्यायो १५ करोड ९९ लाखको बजेट

सबै समाचार

सिरहा – सिराहाको औरही गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै १६ करोडको बजेट ल्याएको छ ।सोमबार सम्पन्न औरही गाउँपालिकाको ११ औं गाउँसभाको खुल्ला सत्रमा गाउँपालिका अध्यक्ष शिवजी यादवले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे ।

उनले १५ करोड ९९ लाख ५० हजारको बजेट ल्याएको बताए ।अध्यक्ष यादवका अनुसार पालिका अन्तर्गत पूँजीगततर्फ ८ करोड ४५ लाख बजेट विनियोजन गरिएको बताए ।

त्यसमध्ये योजना शाखालाई १० लाख, शिक्षा शाखालाई १ करोड ५० लाख, स्वास्थ्य शाखालाई १९ लाख ५० हजार, कृषि शाखालाई १० लाख, पशु शाखालाई २० लाख, न्यायिक समिति सञ्चालनका लागि १० लाख, महिला बालबालिका शाखालाई ५ लाख, लघु उद्यम शाखालाई ५ लाख, रोजगार शाखालाई ५ लाख र सूचना प्रविधि शाखालाई ४ लाख बजेट दिइएको छ।औरही गाउँपालिकामा ५ वटा वडा छन।

जसमध्ये सबभन्दा बढी वडा ३ लाई १ करोड १० लाख बजेट विनियोजन गरेको बताए।१ नम्बर वडालाई ८० लाख, २ नम्बर वडालाई ८० लाख, ४ नम्बर वडालाई ८५ लाख र ५ नम्बर वडालाई १ करोड ५ लाख दिएको छ ।

अध्यक्ष यादवले शिक्षा, स्वरोजगार, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

गाउँसभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *