रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज पुर्याइयो, सयौं समर्थकले गाडी घेरे

अन्य राजनीति सबै समाचार

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि भन्दै वीरगञ्ज लगिएको छ ।

लामिछानेलाई सोमबार बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट करिव एक घण्टा लगाएर गाडीमार्फत वीरगञ्ज पुर्‍याउने क्रममा सयौं समर्थकहरुले गाडीलाई घेरेका थिए ।

सहकारीको रकम अपचलन गरेको भन्दै प्रहरीले पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो । यसअघि उनलाई अनुसन्धानकै लागि भन्दै पोखरा, रुपन्देही, काठमाडौं, चितवन लगिएको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

सुरुमा लामिछानेमाथि सहकारी ठगीका आरोपमा पक्राउ गरे पनि पछि उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान थालिएको छ । लामिछानेको पार्टीले उनीमाथिको आरोप र पक्राउ राजनीतिक प्रतिशोधपूर्ण रहेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *