काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा सोमवार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुरले लिगमा लगातार दोस्रो जित हात पारेको हो ।टस जितेर पहिले ब्याटिङ्ग गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।
१४२ रनको लक्ष्यसहित मैदान उत्रेको जनकपुरले निर्धारित ओभरको १५ दशमलव १ बल खेल्दै जम्मा २ विकेटको क्षतिमा जित हासिल गर्यो ।जनकपुरको जितका लागि कप्तान एवं ओपनर ब्याट्सम्यान अनिल कुमार साहले नट आउट रहँदै सर्वाधिक ६२ रन बनाए भने आशिफ शेखले ३६ रनको पारी खेले । त्यस्तै लाहेरु मिलान्थाले २४ रन बनाउँदा जेम्स निशमले नट आउट रहँदै १६ रन जोडे ।
कर्णालीका लागि मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।उता कर्णालीका लागि ओपनिङ्ग ब्याटिङ्ग गर्न आएका शिखर धवन जम्म्मा १४ रनमा आउट हुँदा देव खनाल १ रनमा पभेलियन फर्के । गुल्शन झाले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कर्णालीका मार्की एवं कप्तान सोमपाल कामीले नट आउट रहँदै २९ रन जोडे भने अर्जुन घर्तीले ३३ रन बनाए । तर, जितका लागि भने काम लागेन । त्यस्तै कर्णालीका अन्य खेलाडी चाडविक वाल्टन ८, बाबर हायत १२, जिशान मकसुद शून्य रनमा आउट भए ।
कर्णालीलाई सस्तोमा समेट्न जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिँदा किशोर महतो, हर्स ठाकर, ललित राजवंशी र जेम्स निशमले समान १ १ विकेट हात पारे ।यसअघि जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो ।