अनसनकारीको समर्थनमा एक्यबद्धताको ओइरो

सबै

६ भाद्र । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टा पछि अनसनकारीको समर्थनमा एक्यबद्धताकोओइरो लागेको छ । विभिन्न सामाजिक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका छन् । 

सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालयसिरहा मार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष एक्यबद्धता पत्र पठाएका छन् ।

अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न भन्दै सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादीईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेश प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मात्रृभूमी युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राईन लगायतले विज्ञप्ती जारी गरेका छन् ।

हुलाकी रामजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल संघर्षसमिति सिरहा धनुषाका संयोजक ई प्रविण यादव, सिरहा नगरपालिका वडा नं.४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव, औरही गाउँपालिका वडा नंं.३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्रसाह, सिरहा नगरपालिका वडा नं.८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेशयादव र शिवशंकर यादव आमरन अनसनमा बसेका छन् ।  

हुलाकी राजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग राख्दै ०८१ साउन २७ मा सिरहाबाट सैकडौं व्यक्तिहरुको सहभागीतामामोटरसाइकल ¥याली सहित बुझाइएको ज्ञापन पत्रमा उल्लेखित सामयसिमाभित्र मधेश प्रदेश सरकारको कुनै आधिकारिक धारणानआएपछि बाध्य भएर अनसनमा बस्नु परेको संयोजक यादवले बताए ।

अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अधिकांश अनसनकारीको सलाईन लगाएकाछन् । सिरहा नगरपालिका–१७ पटेर्वा निवासी डा.कृष्ण कुमार यादवको पहलमा आएका स्वास्थ्कर्मीको टोलीले अनसनकारीकोस्वास्थ्य अवस्थाको निगरानी थालेका छन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *