प्रादेशिक अस्पतालमा झाले गरे अवलोकन

प्रदेश समाचार

सिराहा पुष २१ गते । प्रादेशिक अस्पताल सिरहाकाे स्वास्थ्य निदान सेवा प्रवाह  संचालन तथा व्यवस्थापन कार्यकाे विशिष्टता एवम् विश्वसनियताका गतिविधिहरुकाे अवलाेकन गरेका छन्।

प्रादेशिकi अस्पताल, जलेश्वरकाे अस्पताल संचालन तथा व्यवस्थापन समितिकाे अध्यक्ष मिनु झालाई प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिन्टेन्ट डा. नागेन्द्र प्रसाद यादवले स्वागत तथा सम्मान गरेका छन ।

सिरहा अस्पतालका  विभिन्न वार्डहरुहरुमा स्थलगत रुपमा अवलाेकनकाे क्रममा अस्पतालमा संचालन भैरहेकाेरकाे स्वास्थ्य निदानका गतिविधीबारे म‍े.सु. डा. नागेन्द्र प्रसाद यादव  उत्साहित तथा जागरुक भएर जानकारी  दिए।

प्रादेशिक अस्पताल सिरहाबाट प्रवाह भैहरेकाे सेवाहरुबाट  संतुष्ट हुदै मे.सु. डा. यादवलाई  मिनु झाले बधाई, धन्यवाद एवम् आभार प्रकट गरिन् ।

अवलाेकन तथा सम्मान कार्यमा प्रादेशिक अस्पताल सिरहाकाे जनस्वास्थ्य निरीक्षक अशाेक कुमार सिंह, नर्सिंह अधिकृत ललिता यादव, डेन्टल हाईजिनिष्ट विजय कुमार यादव समेतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *