औरही गापाले सुरु ग¥यो तीन दिने आँखा जाँच शिविर

सिरहा,२७ मंसिर । औरही गाउँपालिकाले विहिवार निःशूल्क आँखा जाँच शिविर सुरु गरेको छ । पालिकाको विभिन्न वडामा चल्ने तीन दिने निःशूल्क आँखा जाँच शिविरको सुरुवात वडा नं.३ पिप्रा प्रपिबाट भएको छ ।औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बिरामीलाई आँखा जाँच पुर्जा प्रदान गर्दै ३ दिने निःशूल्क आँखा जाँच शिविरको उद्घाटन गरे । जनतासँग गरेको प्रतिबद्धता र […]

पढाइ जारी राख्नुहोस्

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा सन्तोष आचार्य हाजिर

सिराहा – जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा सन्तोष आचार्य हाजिर भएका छन्। प्रहरी उपरीक्षक टेकु नन्द लिम्बू कार्यालयबाट बिदा भएको दस दिन पछि आचार्यले सोमवार जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा पदभार ग्रहण गरेका हुन्। आचार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्। जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी नायव […]

पढाइ जारी राख्नुहोस्

हिन्दूको कलश यात्रामा मुस्लिम समुदाय द्वारा आक्रमण झडप नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर

महोत्तरी| महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । […]

पढाइ जारी राख्नुहोस्

सिरहामा लागुऔषध खैरो ब्राउनसुगर सहित एक युवक पक्राऊ

सिराहा । लागुऔषध खैरो ब्राउनसुगर सहित एक युवक पक्राऊ । प्रहरीले मिर्चैया नगरपालिका २ मलहनियाँबाट स्थानीय १९ वर्षिय विष्णु कुमार साहलाई ४ ग्राम ४३ मिलिग्राम खैरो ब्राउनसुगर सहित सोमबार विहान १२:५० नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाले विशेष सूचनाको आधारमा खानतलासी गर्दा साहको साथबाट खैरो ब्राउन सुगरसहित ४ हजार ९ सय नगद, डिजिटल तराजु […]

पढाइ जारी राख्नुहोस्

सुनको मूल्य स्थिर,चाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले […]

पढाइ जारी राख्नुहोस्