बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

राजनीति सबै

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।  

विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो। 

पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ र रोहन देशार र सतिष यादव पक्राउ परेका नेविसंघ काठमाडौँ अध्यक्ष केसीले जानकारी दिए । 

विद्यार्थीहरूको पक्षमा र पारदर्शी र गुणस्तर शिक्षा व्यवस्थाको लागि आन्दोलन गर्दा विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको केसीले जानकारी दिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *