सांसदहरूलाई प्रधानमन्त्री शाहले सोधे- तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ?

राजनीति सबै

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् ।

सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्रीसँग छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेले प्रदेशको सामूहिक र आ–आफ्नो क्षेत्रका समस्या जानकारी गराएको बताए । उनले भने ‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’

यस्तै प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *