सिरहाको चन्द्र माध्यमिक विद्यालय (चमावि) का प्राचार्य प्रधानाध्यापक मधुसुदन कर्ण अस्पताल भर्ना भएका छन् ।
व्यवसायीलाई ठगी गरेको आरोपमा सोमबार साँझ पक्राउ परेका प्राचार्य कर्णले पक्राउ परेको केही घण्टामै स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल भर्ना भएको बताईएको छ । प्रहरीका अनुसार, उनलाई प्रादेशिक अस्पताल सिरहाको एनआईसियूमा भर्ना गरिएको हो । उनलाई हर्टको समस्या देखाएको बुझिएको छ । यद्यपी, अस्पताल प्रशासनले भने भर्ना नभएको प्रतिक्रिया दिएको हो ।
नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक सिराहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुद्दाको सुनुवाइको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए ।‘
अदालतको आदेश अनुसार प्र अ कर्णलाई पक्राउ गरिएको हो,’उनले भने, ‘पक्राउ पछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद थप गराइएको छ ।’उनका अनुसार कानुन बमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइने छन् ।विद्यालयको भौतिक निर्माणका लागि सिराहा बजारमा रहेको नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सबाट सिमेन्ट, छड, तार, रंग तथा निर्माणमा उपयोग हुने अन्य सरसमान लिई भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लागेको थियो ।
पसल सञ्चालक रोशनकुमार यादवका अनुसार पटक पटक गरी १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ बराबरको बिल लिई चन्द्र माविका प्रअ कर्णले भुक्तानी दिन आलटाल गर्दै आएको थियो