मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

राजनीति सबै

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए ।

त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’ 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र ओलीबीच बैठकमा चर्काचर्की नै परेको थियो । बैठकमा ओलीले झोकिँदै सोधेका थिए- ‘तपाईंको उद्देश्य मलाई हटाउने हो? जवाफमा पोखरेलले ‘हो’ भनेपछि उनीहरुबीच चर्काचर्की परेको हो । 

त्यसपछि ओलीको प्रस्तावमा एमाले सचिवालय बैठकले दुई बोल्ड निर्णय गरेको छ । त्यसमध्येको एउटा निर्णयले मध्यरातमा विद्या भण्डारीलाई ठुलै झट्का दिएको छ। त्यो निर्णय हो – दसौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने ।

यो निर्णयसँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन्।

एमालेको भावि अध्यक्ष बन्ने सपना देखेकी विद्यालाई रोक्नको लागि ओलीले यस्तो निर्णय गरेका हुन् । त्यस्तै एमाले सचिवालय बैठकले गरेको अर्को निर्णय भनेको-७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था खारेज । 

यो निर्णय सँगै फेरि ओली एमालेको अध्यक्ष बन्ने ढोका खुलेको छ । यसभन्दा अघि एमालेमा ७० वर्ष पुगेको र दुई कार्यकाल अध्यक्ष बनिसकेपछि फेरि अध्यक्षका लागि लड्न नपाउने व्यवस्था थियो । तर, यो व्यवस्था खारेज गरिएको हो । 

आफू फेरि पार्टी अध्यक्ष बन्नको लागि ओलीले यस्तो कदम चालेका हुन् । आगामि महाधिवेशनमा आफ्नो बाटोमा अवरोध बन्न आइरहेकी भण्डारीलाई रोक्नको लागि ओलीले विधान महाधिवेशनमा आउन रोक लगाइदिए । यसको जवाफमा भण्डारीले पनि बोल्ड कदम चाल्ने पक्कापक्की नै छ । भण्डारीले जस्तोसुकै समस्यासँग जुधेर अगाडि बढ्ने बताइ सकेकी छन् ।

यससँगै बिहीबार मध्यरातीदेखि ओली र विद्याबीचको खेल सुरु भएको छ । अब यस खेलमा कसले जित्छ ? यसको लागि एमालेको ११ औँ महाधिवेशनसम्म प्रतिक्षा गर्नुपर्ने देखिन्छ । तर, ओलीले आफूविरुद्ध चालेका कदमले भण्डारी निकै रुष्ट बनेकी छन् । अब उनले एमालेभित्र ओलीविरुद्ध विद्रोह गर्नुको अन्य विकल्प छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *