सिरहा । एक जना उच्च तहका प्रहरि सङ्ग भेट भयो,उनले आजकल धेरै गस्ति खट्नुपर्छ धेरै दिनदेखी राम्रो सङ्ग सुत्न पाएको छैन । किसानको मोटर पम्प चोरी हुन्छन् भनेर गस्ति बढाएको छु ।
प्रहरिले गस्ति बढाएपछि चोरी कम हुनु स्वभाविक हो तर याहा ठ्याक्कै उल्टो भएको छ । एक हप्ता नबित्दै लागातार निसन्देह चोर चोरी गरिरहेका छन ।
चोरी हुनुभन्दा अगाडी प्रहरिको गस्ति निस्कन्छन चोरी सुरु हुन्छन,प्रहरिले चोर धपायो कि चोर सघायो यहा बडो गम्भिर कुरा छन । एक प्रत्यक्षदर्सिका अनुसार प्रहरिले गाउँ-टोलमा गस्ति गरेका छन,ढुक्क सङ्ग सुत्दा भइ गयो नि कुरा खेलाएको केहि क्षण नबित्दै चोरी भयो भनि सुन्दा जिउ सिरिङ्ग भयो ।
घटना बुधबार राती नरहा गाउँपालिका वडा नम्बर ४ मोति यादवको घरमा केहि नगदसहित सुनचाँदी चोरी भएको प्रहरिले जनाए ।
केही दिन अगाडि सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० रमनामा माघ २७ गते शुक्रवार करिब साढे एघार बजेको समयमा संजिव यादवलाई बन्धक पारेर लाखौंको गरगहना र नगद लुटपाट गर्यो ।