किन मनाईन्छ करवा चौठब्रत

कात्तिक महिनाको कृष्ण पक्ष चतुर्थीको दिन करवा चौथ मनाइन्छ। बिहान सूर्योदयभन्दा पहिले करिब ४ बजेपछि सुरु हुने व्रत राति चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ। अधिकांश महिलाले निराहार बसी यो व्रत गर्ने गरेका छन्।श्रीमानको दीर्घायु एवं अखण्ड सौभाग्य प्राप्तिका लागि भालचन्द्र गणेशको पूजा गरिन्छ। यो व्रत १२ वर्ष वा १६ वर्षसम्म गरिन्छ। कतिपय महिलाहरुले आजीवन पनि यो […]

पढाइ जारी राख्नुहोस्

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान

काठमाडौं , कात्तिक ३ गते डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दशैं तिहारले गर्दा पहिलाको तुलनामा सङ्कलन र माग […]

पढाइ जारी राख्नुहोस्

यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ ।

मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, […]

पढाइ जारी राख्नुहोस्

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा […]

पढाइ जारी राख्नुहोस्

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

दक्षिणकाली(काठमाडौं)। गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् । वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।बाढीले […]

पढाइ जारी राख्नुहोस्

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोड बढीको क्षति

असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु. १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो ।सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले […]

पढाइ जारी राख्नुहोस्

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट रु एक […]

पढाइ जारी राख्नुहोस्

नवरात्रीका यी ८ रहस्य जुन तपाईंलाई थाहा नहुनसकछ

यो पर्वको धार्मिक महत्व एकदमै पनि ठूलो रहेको छ । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ । घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजागरिन्छ । ‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ । नवरात्रीको धार्मिक महत्व र धार्मिक पक्षको बारेमा धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामीले नवरात्रीको धार्मिक पक्षहरु रयसभित्र लुकेका रहस्यहरुबारे तपाईंलाई जानकारी दिन गइरहेका छौं । जानिराखौं नवरात्रीको ८ रहस्य पहिलो रहस्यः ३६ रात्री नवरात्री असोज मात्रै नभई वर्षभरीमा चार महिनामा आउँछ । यी चार महिना हुन्ः चैत, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्रीहुन्छ जसलाई ठूलो नवरात्री वा वसन्त नवरात्री पनि भनिन्छ । त्यस्तै असार र पुस महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ भने असोज महिनाको नवरात्रीलाई शारदिय नवरात्री पनि भनिन्छ । दोस्रो रहस्यः ९ छिद्र हाम्रो शरीरमा ९ छिद्र छन् । दुई आँखा दुई कान नाकका दुई छिद्र दुई गुप्ताङ र एक मुख । यी नौ अंगलाई पवित्र र शुद्ध गर्ने हो भने मननिर्मल हुन्छ र छैठौं इन्दि्रयलाई जागृत गर्छ । निन्द्रामा यी सबै इन्दि्र वा छिद्र लुप्त भएर बस्छन् र मनपनि जाग्रत हुन्छ । वर्षको सबै ३६ नवरात्रीहरुमा उपवास राख्नाले अंगप्रत्यंगकोपूरै तरिकाले भित्री सफाइ हुन्छ । तेस्रो रहस्यः पवित्र छन् यी रात्री नवरात्र शब्दले ‘नव अहोरात्र’ अर्थात विशेष रात्रीहरुको बोध हुन्छ । यी रात्रीहरुमा प्रकृतिका धेरै अवरोध सकिन्छन् । यदि राती कुनैआवाज दिने हो भने त्यो दिनको तुलनामा धेरै टाढासम्म जान्छ । यसैले यी रात्रीहरुमा सिद्धि र साधना गरिन्छ । चौंथो रहस्यः ९ देवी नवरात्रीमा दुर्गा भगवतीका ९ स्वरुपः शैलपुत्री, ब्रहृमचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा विधिविधानबाट गरिन्छ । कात्यायानीले नै महिषासुरको वध गरेको हुनाले उनलाई महिषासुरमर्दिनी पनि भनिन्छ । दुर्गा सप्तशतीका अनुसार दुर्गा भगवतीको अन्य रुप पनि छन्ः ब्राहृमणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, नरसिंही, एन्द्री शिवदूतीभीमादेवी भ्रामरी, शाकम्भरी आदीशक्ति र रक्तदन्तिका उनको अन्य रुप हुन् । पाँचौं रहस्यः फरक फरक देवी देवीहरुमा त्रिदेवी, नवदुर्गा दशमहाविद्या र चौसठ्ठी योगिनीहरुको समूह छ । आदि शक्ति अम्बिका सर्वोच्च छिन् र उनका कैयौं रुप छन् ।सती, पार्वती, उमा र काली माता भगवान शंकरकी पत्नी हुन् । अम्बिकाले नै दुर्गमासुरको वध गरेकी थिइन यसैले उनलाई दुर्गा माता भनिन्छ । छैठौं रहस्यः दशमहाविद्या नवदुर्गामा दशमहाविद्याहरुको पनि पूजा हुन्छ । यीनीहरुको नाम हुन्ः काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुरभैरवी, धूमावती, बंगलामुखी मातंगी र कमला । सातौं रहस्यः देवीहरुको पहिचान प्रत्येक देवीलाई उनीहरुको बाहन, भूजा र अस्त्रशस्त्रले पहिचान गर्न सकिन्छ । जस्तैः अष्टभुजाधारी देवी दुर्गा र कात्यायनी सिंहमाथिसवार हुन्छन् । त्यस्तै पार्वती, चन्द्रघन्टा र कुष्माण्डा बाघमाथि सवार हुन्छन् । शैलपुत्री र महागौरी वृषभमा कालरात्री गधामा र सिद्धिरात्री कमलमाविराजमान हुन्छन् । आठौं रहस्यः संयम हामीले दशैंलाई माछामासु खाने पर्वको रुपमा लिने गरेका छौं तर, खासमा धर्मशास्त्रले भने चोखो भएर दुर्गा भगवतीको पूजाआजा गर्ने होभने नवरात्रीभर मद्यपान, माछामासु सेवन नगर्न र स्त्रीसँग शयन गर्न वर्जित मानेको छ । नवरात्रीमा उपवास राखेर विधिपूर्वक दुर्गा भगवतीको पूजा गर्न चाहनुहुन्छ भने माथिका कुराहरु उल्लंघन गर्न हुँदैन । संयम नअपनाएमादुर्गा भगवती प्रसन्न नहुने विश्वास रहेको छ । (जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष  गुरु बिबेकपाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

पढाइ जारी राख्नुहोस्

विपद्को सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीलाई मधेशका मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, १२ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीकोजलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाईनिर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेश प्रदेश प्रमुखएवम् नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरीबलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख एवम् नायबमहानिरीक्षक कालीदास धवोजीसँग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न रमानवीय तथा भौतिक क्षति हुन नदिन लगायतका सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् । प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेकोमुख्यमन्त्रीलाई जानकारी गराएका छन् । उनीहरूले तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रप्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए ।      सप्तकोसी र वागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउनतटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारीअधिकारी तथा स्वयंसेवी संस्थाहरू समेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका छन् । शनिबार बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिँहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेकोर त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको भन्दै कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थपवृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमतीबराजको सबै ३६ वटा ढोका खोलिएका छन् ।  उनले सप्तकोसीमा तीन लाखभन्दा बढी क्युसेक पानीको बहाब खतरापूर्ण मानिने भएकोमा ४ लाख ८० हजार ४ सय ९५ क्युसेक पानीकोबहाव भइरहेको र जलस्तर अझै बढ्ने अनुमान गरिएकाले त्यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए ।  प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । यो नदीमा २ हजार ८ सयभन्दा माथि क्युसेक पानीको बहाब भएमाखतराचिह्न पार गरेको मानिन्छ ।  प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुईघाइते भएका छन् ।  बाराको जितपुर सिमरा नगरपालिका वडा नम्बर १२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मतको कार्य गराइरहेको छ ।

पढाइ जारी राख्नुहोस्

मिथिलाञ्चलमा जितिया पर्व शुरू

सिरहा असोज ७ गते ।  – सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने मिथिला क्षेत्रकै पवित्र‘जितिया पर्व’नहा खा अर्थात नुहाएर खाने विधिसहित आजदेखि शुरू भएको छ । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु भोलि बिहान ४बजेदेखि दिनभरि र रातभरि तथा पर्सि बुधवार दिनभरि उपवास बस्ने तयारीमा छन् । पर्सि बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दैव्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहनदेवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफूपनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी, भोलि मङ्गलवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी पर्सि बुधवार बेलुकी सवा ५ बजे व्रत सम्पन्नगर्नेछन् । व्रतालुहरुले सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीलेसुन्ने चलन छ । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । राजा शालिवहानको राज्यमा एउटी महिलाकासातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखिशालिवहानलाई ‘जितुमाहन’नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

पढाइ जारी राख्नुहोस्