सिराहा – जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा सन्तोष आचार्य हाजिर भएका छन्।
प्रहरी उपरीक्षक टेकु नन्द लिम्बू कार्यालयबाट बिदा भएको दस दिन पछि आचार्यले सोमवार जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा पदभार ग्रहण गरेका हुन्।
आचार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्।
जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डे सहित प्रहरी कर्मचारीहरूले आचार्यको स्वागत गरेका छन्।
यस्तै प्रहरी उपरीक्षक आचार्यले कार्यालयको निरीक्षण एवं मातहत कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय, सिराहाले बताएको छ।