बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

अन्य सबै

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ ।

उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

झा ७ फागुन २०७७ मा मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *