बहिरा माविका बिधार्थीलाई एनएमबी बैंकको शैक्षिक सामग्री

सिरहा । एनएमबी बैंक शाखा कार्यालय सिरहाले एक कार्यक्रमको आयोजना गर्दै बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहामा अध्ययनरत छात्र/छात्रालाई स्कुल ब्याग र जुत्ता प्रदान गरेको छ ।बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहाका अध्यक्ष गंगाराम यादव र एनएमबी बैंकका प्रमुख सरोज कुमार यादवले जुत्ता र ब्याग हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कार्य अन्तरगत बहिरा माध्यमिक विद्यालयमारत १सय ८ […]

पढाइ जारी राख्नुहोस्

हुलाकी राजमार्गमा कमला पुल निर्माणको लागि आमरण अनसन

भदौ ४ गते। हुलाकी राजमार्गको सिरहा-धनुषा सीमानामा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको लागि आज देखि संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन । गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एकसुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सरकारको तर्फबाट ७दिनमा कुनै किसिमको चासो नदेखिएपछि सोही अनुरुप आजै देखि मुख्य मन्त्री कार्यालय अगाडि सामुहिक अनसन बसेका छन। ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको टोली मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडी १० जना आमरण अनसनमाबसेका छन ।  हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमारयादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीतयादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, युवाअभियन्ता मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव, ईन्जिनियर शिवशंकर यादव र औरही गाउँपालिका वडा नम्बर ३ का ध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका हुन् । करिब १३ वर्ष अघिदेखि निर्माणधिन कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसपछि जति सुकै ताकेदा गर्दा पनि सुनुबाईनभएपछि बाध्य भएर अभियन्ताहरु आमरण अनसनमा बसेका छन्

पढाइ जारी राख्नुहोस्

पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन

सिरहा —हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा कमला नदीमा पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन भएको छ । सिरहा सदरमुकाममा स्थानीयबासीले प्रदर्शन गरेका हुन् । पुल निर्माण संघर्ष समितिमार्फत उनीहरुले बिहीबार महावीर चोकदेखि थाना चोकसम्म नारा-जुलुस गर्दै प्रदर्शन गरेका थिए । संघर्ष समितिका अनुसार आउँदो आइतबार सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस […]

पढाइ जारी राख्नुहोस्

स्ववियु निर्वाचनका उम्मेदवारसंग खुल्ला सडक बहस, एक जना मात्र प्यनलिस्ट !

सिरहा । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । निर्वाचनलाई लक्षित गरि प्रदेश युवा संजाल मधेश प्रदेशले स्ववियुका उम्मेदवारहरु संग खुल्ला सडक बहस कार्यक्रम गरेको छ ।बहसमा राष्ट्रिय दल तथा मधेस केन्द्रित दलका भात्री संघसंगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । तर […]

पढाइ जारी राख्नुहोस्

पानीपुरी र चटपटे खाँदा एकैपटक अस्पताल भर्ना भए १२ जना

बाजुरा- पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित बडमिालिका नगरपालिका-८ नापी कार्यालय नजिकै मिना खातुन्ले सञ्चालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १२ जना बिरामी भएका हुन् । उनीहरू जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा भर्ना भएका छन् । बिरामी सबैजनामा वान्ता हुने, पखाला लाग्ने, […]

पढाइ जारी राख्नुहोस्

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

पोखरामा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन। पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका हुन। घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई भने गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते […]

पढाइ जारी राख्नुहोस्

लोक सेवा आयोग परीक्षा थप प्रतिस्पर्धी: ४५ नम्बर ल्याउनै पर्ने

लोक सेवा आयोगले चालु आर्थिक वर्ष २०८१/८२ देखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई थप कडाइ गर्ने भएको छ । प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएको भन्दै आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो । आयोगले हिजो मात्रै सार्वजनिक […]

पढाइ जारी राख्नुहोस्

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे ।८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट […]

पढाइ जारी राख्नुहोस्

उपसभामुखमाथि छानबिन होस्, म सँग भएको प्रमाण दिन्छुः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन्। उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री […]

पढाइ जारी राख्नुहोस्

काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो । काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल […]

पढाइ जारी राख्नुहोस्