जिल्ला सिरहा,सिरहा नगरपालिका १२, सारस्वरमा इस्लाम धर्मावलम्बीले सब–ए–बारात’ पर्वधुमधामका साथ मनाए ।
इस्लामिक महिना सवाणमा मनाइने ‘सब–ए–बारात’ पर्वको अवसरमा मुस्लिम समुदायले आइतबार राति जाग्राम बसेर सामूहिक नवाज पढे, कुरान खानी, फतिह, मिलाद गराए तथा कब्रिस्तान (चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रार्थना गरे ।
सब–ए–बारात’को १५ दिन अघिदेखि सारस्वरकाे मुस्लिम सामुदायका व्यक्तिहरूले घरको सरसफाइ गरेर घर घरमा कुरान खानी, फतिह गराए र १५ ओ दिनमा सब–ए–बारात मनाए ।
‘सब–ए–बारात’को राति चाना, सूजी सहितका हलुवा बनाई तथा विभिन्न पक्वान फतिहा गराएका छन् । त्यसैगरी, धार्मिक गुरुहरूलाई घरमा बोलाई कुरान खानी (कुरान पढाए), गरिब विपन्नहरूलाई घरमा बोलाई मीठो परिकार खुवाएका छन् ।
‘सब–ए–बारात’मा रातभर जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेका छन् । अल्लाह खुसी हुने र चिताएको कुरा अल्लाह रसुलले पूरा गर्ने तथा विगतमा गरेका पापहरूको माफी हुने जनविश्वास रहेको इस्लामिक धार्मिक गुरु मदरसा नुरीया मदिना तुल्ल उलुमका मोफ्ती समिउल्लह नुरीले बताए।
प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्षले भने, ‘सब–ए–बारात भनेको इबादत (धर्मकर्म)को राति हो, यो रात मान्छेले जति धर्म गर्छन्, त्यो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउँछन्।’
यो सावण सब–ए–बरातकै राति अल्लाहले वर्षभरिमा कसको कति रिजक (आय) हुन्छ? कसको जन्म र मृत्यु हुन्छ सबै उल्लेख गर्छन्। त्यसकारण यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ।’ सब–ए–बारात सम्पन्न भएको १५ दिनपछि रामजान पर्व सुरु हुने उनले बताए।