डिजटल ट्रान्स्फरमेसन प्रोजेक्टबारे सञ्चारमन्त्री समक्ष विश्व बैंकको चासो

राजनीति सबै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा विश्व बैँकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको टोली सहभागी थियो ।

भेटका क्रममा आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्देशक सिस्लेनले नवनियुक्त मन्त्री डा. तिमिल्सिनालाई बधाई तथा शुभकामना दिँदै विश्व बैँकको सहयोगमा कार्यान्वयन हुन लागेको ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ मा सरकारको प्राथमिकताका बारेमा चासो व्यक्त गरेका थिए । 

नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा सहयोग गर्न विश्व बैँक प्रतिबद्ध रहेको जानकारी निर्देशक सिस्लेनले दिए ।

सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले विश्व बैँकको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनलाई तीव्रता दिइने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *