प्रहरी प्रशासनको आडमा खुल्लेआम आर्केस्ट

सबै

सिरहा। सिरहामा प्रहरी प्रशासनकै आडमा खुल्लेआम आर्केस्टरा(केटि नाच) भइरहेको पाइएको छ ।श्रावन महिनाको बोलबंमकोउपल्क्ष्यमा गोलबजारमा आर्केस्टरा नचाइएको हो ।  

जिल्ला प्रशसान कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सँयुक्त रुपमा सिरहामा डिजे र ओरकेष्ट्रा प्रतिबन्ध लगाएको छ ।तर प्रहरी प्रशासनले आफैले लागू गरेको नियमलाई धज्जी उडाइरहेको देखिन्छ। 

सहर तथा गाउँस्तरमा आस्थाको पर्वहरुमा रक्सी सेवन गरी लहै लहैमा ल्याउने ओरकेष्ट्राले  कुनै न कुनै अप्रिय घटना हुँदै आएकोतथ्याँक छ । चाडपर्व सुरु भएसँगै छिमेकी मुलुक भारतको बिहार, युपी राज्यबाट तथा नेपलकै झुमका,झापा लगायतको ठाउहरुबाटकेटीनाच ल्याएर नचाउने गरेको छ ।

चाडपर्व लक्षित हुने बितिकै जिल्लाको विभिन्न ठाउँहरुमा प्रहरी र मेलासमितिहरुकै मिलोमतोमा आर्केस्टरा हुने गरेको समाजकाअगुवाहरु बताउछ्न ।मेला समिती र प्रहरिले गर्दा पनि पहिलाको पर्वमा जुन रौनक हुन्थियो,त्यो अब हराउदै गएको छ । अहिले त पर्वभन्ने बितिकै अश्लीलता नाचगान ल्याउने अनि पर्वमनाउने गरेको समाजका अगुवाहरु बताउछ्न ।

यश विषयमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्तालाई सम्पर्क गर्दा सम्पर्क हुनसकेन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *