हुलाकी राजमार्गमा कमला पुल निर्माणको लागि आमरण अनसन

सबै समाचार

भदौ ४ गते। हुलाकी राजमार्गको सिरहा-धनुषा सीमानामा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको लागि आज देखि संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन । गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एकसुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सरकारको तर्फबाट ७दिनमा कुनै किसिमको चासो नदेखिएपछि सोही अनुरुप आजै देखि मुख्य मन्त्री कार्यालय अगाडि सामुहिक अनसन बसेका छन।

ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको टोली मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडी १० जना आमरण अनसनमाबसेका छन । 

हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमारयादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीतयादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, युवाअभियन्ता मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव, ईन्जिनियर शिवशंकर यादव र औरही गाउँपालिका वडा नम्बर ३ का ध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका हुन् ।

करिब १३ वर्ष अघिदेखि निर्माणधिन कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसपछि जति सुकै ताकेदा गर्दा पनि सुनुबाईनभएपछि बाध्य भएर अभियन्ताहरु आमरण अनसनमा बसेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *